0 COMMENTS

Tikaकाठमाडौ, २१ असोज ।मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । साँझ ५ बजेको लागि तय गरिएको बैठकमा भारतको गरेको अघोषित नाकाबन्दी, तराई आन्दोलनल र त्यसका समाधानका विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।

यसैबीच भारतको अघोषित नाकाबन्दीले इन्धन आपूर्तिमा अवरोध पुगेको कारण देखाउँदै यसवर्ष दशैं बिदा १५ दिन दिने तयारी पनि सरकारले गरेको छ ।

तयारीअनुसार आजको मन्त्रिपरिषदले निर्णय गरे सरकारी कार्यालयले लगातार १५ दिन (असोज २६ देखि कात्तिक १०) बन्द हुनेछन् । यससम्बन्धी प्रस्ताव आज बस्ने मन्त्रिपरिषद् बैठकमा गृह मन्त्रालयले लैजाने बताइएको छ ।

न्यायालय सम्बद्ध सबै अड्डा घटस्थापनादेखि पूर्णिमासम्म बिदा हुँदै आए पनि अरू सरकारी कार्यालय सप्तमीदेखि द्वादशीसम्म (६ दिन) र कोजाग्रत पूर्णिमाको दिन गरी ७ दिन बिदा दिइँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।