0 COMMENTS

असोज २१, काठमाडौं । ग्यास उद्योगीहरुले खासाबाट ३० किलोमिटर चीनतर्फको दूरीको नालमबाट ग्यास ल्याउन सक्ने प्रस्ताव गरेका छन् । उद्योगीले lp-gas-116x70वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापालाई बुधबार भेटेर चीनबाट तत्कालै ग्यास ल्याएर उपत्यकामा वितरण गर्न सक्ने कार्ययोजना पेस गरेका हुन् ।

चीनको नालमबाट ग्यास ल्याउनेबारे विस्तृत अध्ययन नै सम्पन्न गरिएको ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए । सरकारले अनुमित दिए पाँच दिन मै उपत्यकामा ४० देखि ४५ हजार सिलिन्डर उर्तान सक्ने व्यवसायीको दाबी छ ।

‘चीनको नालमबाट प्रत्येक साता ४० देखि ४५ हजार सिलिन्डर ग्यास ल्यानेबारे हामीले अध्ययन गरेका छौं,’ ग्यास उद्योग संघका अध्यक्ष घिमिरेले भने,‘सरकारले अनुमति दिए पाँच दिनमै भरिएका ग्यास सिलिन्डर ल्याएर उपभोक्तालाई वितरण गर्नेछौं ।’ – नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।