0 COMMENTS

असोज २०, भैरहवा । भैरहवास्थित बेलहिया नाकाबाट किनमेलका लागि भारत गएका एक युवालाई मधेसी मोर्चाका युवाले काटेर फालिदिएका छन् ।

बुधबार दिउँसो किनमेलका लागि भारत गएका कृष्णबहादुर क्षेत्रीलाई कुटपिट गरि धारिलो हतियारले शरीरका विभिन्न भागमा काटेर दशगजास्थित नेपाली भूमिमा फालिदिएका हुन् । मोर्चा कार्यकर्ताले धारिलो हतियार प्रयोग गरि ती युवाको दाहिने हातका चारवटा औंला समेत काटिदिएका छन् ।

युवकमाथि सांघातिक आक्रमण भएसँगै अहिले भैरहवा क्षेत्र तनावग्रस्त बनेको छ । मधेशी मोर्चाका कार्यकर्ताले भारतीय भूमीमा गएर प्रदर्शन गरिरहेका छन् भने भारतीय भूमीबाटै नेपाली भूमीमा रहेका सुरक्षाकर्मीमाथि उनीहरुले ढुंगा बर्साइरहेका छन्् । उक्त प्रदर्शनको नेतृत्व नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गरेका छन् । भारतीय सुरक्षाकर्मीको आड र संरक्षणमा उनीहरुले प्रदर्शन जारी राखेका हुन् । मोर्चाका कार्यकर्ताको प्रदर्शनपछि बेलहिया नाका ठप्प रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।