0 COMMENTS

nepal-oil-corporation_nepal1असोज २०, काठमाडौ । भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ हाहाकार भएपछि नेपाल सरकारले भारतको विकल्पमा तत्कालका लागि अन्य मुलुकबाट इन्धन ल्याउने तयारी गरेको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार पत्र पठाउँदै पेट्रोलियम पदार्थ आयातको विकल्प खोज्न निर्देशन दिएको थियो । निगमको एक स्रोतका अनुसार तत्काल आवश्यकता पूर्ति गर्न जहाजमार्फत् तेल ल्याउने र दीर्घकालीन रुपमा उत्तरी नाका चीनबाट तेल ल्याउने विकल्प खोज्ने निर्णय भएको हो । यसै बिषयमा निगमले बिस्तृत योजनासहितको विकल्प आजै वाणिज्य मन्त्रालयलाई पठाउँने तयारी गर्दैछ ।

चीनबाट तेल ल्याउनका लागि चीनको तेल आपूर्तिकर्ता कम्पनीसँग निगमले छलफल गर्नेछ भने छलफलपछि कसरी तेल आपूर्ति गर्ने बारेमा प्रक्रिया अघि बढ्नेछ । अहिलेसम्म चीनले पाइपलाइनमार्फत ल्हासासम्म पेट्रोलियम पदार्थ वितरण गरिरहेको छ भने सिगात्सेसम्म रेलमार्फत तेल ल्याइरहेको छ। बाणिज्य बिभागमा आज पठाइने पत्रमा चीनबाट तेल आपूर्तिका लागि आवश्यक पूर्वाधार र तेल ल्याउने बाटोको बारेमा पनि अध्ययन गर्नुपर्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।