0 COMMENTS

Prachanda_addresses_mass_meetविराटनगर, २० असोज/एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठनमा लागेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कांग्रेस समाभपति तथा प्रधानमन्त्री सुशिल कोइराला यसअघि गरिएका सहमतिबाट पछि हट्न थालेको बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले सो कुराको संकेत गरेका हुन् । उनले अहिले कम्तिमा प्रमुख दलहरु केही समयका लागि एक हुनुपर्ने बताउँदै त्यसका लागि यसअघि गरिएका सहमतिबाट दायाँ बाँया नगर्न आग्रह गरे । संविधान जारी भए पछि केपी ओलीलाई प्रभानमन्त्री बनाउने बारे सुशिल कोइरालाले एक पटक मात्र होइन, तीन तीन पटक भनेको दावी गर्दै प्रचण्डले अहिले कांग्रेसले त्यो कुरा नभएको भनेर अनावश्यक बखेडा झिकेको बताए ।
सुनसरीको इटहरीमा आयोजना गरिएको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन विराटनगर आइपुगेका प्रचण्डले विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै कांग्रेस विना सरकार कल्पना पनि गर्न नसकिने बताए । प्रमुख तीन दल सहभागी भएको सरकार बनाउनुपर्ने र सरकारको नेतृत्व केपी ओलीलाई नै दिनुपर्ने उनको कुरा थियो ।

संचारकर्मीको प्र्रश्नको जवाफ दिँदै प्रचण्डले भने, ‘सुशील कोइरालाले संविधान जारी भएपछि आफूले छाड्ने र एमालेलाई दिने भनेर तीन पटकसम्म भन्नु भएकै हो ।’
प्रचण्डले अहिलेको राजनीतिक निकास दिनका लागि सकेसम्म सर्वदलीय सरकार आवश्यक पर्ने बताए । सो क्रममा प्रचण्डले आफ्नो पार्टीले राष्ट्रपति वा प्रधानमन्त्री कुनै पनि पदमा दाबी नगरेको प्रष्ट पारे ।
अहिले संविधानसभाबाट जारी गरिएका संविधानलाई जनतासम्म लगेर लागू गराउने कुरा प्रमुख चुनौती रहेको स्पष्ट पारे ।

साथै प्रचण्डले भारतले गरिरहेको नाकाबन्दी अन्तर्राष्ट्रिय कानुन विपरीत भएको बताए । अन्तराष्टिय कानुन विपरित भारतले नाकाबन्दी गरेको बताउँदै प्रचण्डले भूपरिवेष्ठित मुलुकको पारवहन अधिकारलाई भारतले कुनै पनि हालतमा कटौती गर्न नहुने बताए । साथै उनले चाडबाड नजिकिएको बेला जनतालाई कसैले पनि दुःख दिने काम गर्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।