असोज १९, काठमाडौँ । नेपाल आयल निगमले मंगलबार पेश विज्ञाप्ति निकाल्दै निजि सवारी साधनलाई पेट्रोलियम पदार्थ वितरणमा रोक लगाएको छ ।
निगमले सार्वजनिक गरेको बिज्ञप्तिमा निगमले अत्यावश्यक सवारी साधन र सार्वजनिक सवारी साधनहरुलाई निश्चित कोटा र जोर बिजोर प्रणालीबाट पेट्रोलियम पदार्थ बाड्न बाध्य भएको भन्दै अर्को ब्यबस्था नहोउनजेल सम्मका लागि निजि सवारी साधनहरुलाई तेल भर्न नदिने बिज्ञप्तिमा उल्लेख छ । सार्वजनिक सवारी साधनहरुले भने जोर-बिजोर प्रणालीबाट इन्धन पाउनेछन ।
निगमको हिजो बसेको बैठकले तेलको परिमाण थोरै तर माग बढि भएकाले सार्वजनिक र पर्यटकको बसलाई पनि जोर बिजोर प्रणाली अनुसार तेल दिने निर्णय गरेको हो ।
जोर नम्बरका गाडीलाई जोर गते र बिजोर नम्बरका गाडीलाई बिजोर दिन पारेर मात्र तेल दिने निगमका प्रवक्ता दीपक बरालले बताए । यो निर्णय अनुसार जोरबिजोर प्रणालीमार्फत माइक्रोबसले १५ लिटर, मिनिबस २० लिटर र ठूला बसले ३० लिटर तेल पाउनेछन् ।
अति अवश्यक दमकल र एम्बुलेन्सलाई १० लिटर तथा ट्याक्सीलाई हप्ताको १० लिटर दिईने निगमले जनाएको छ ।
हेर्नुहोस नेपाल आयल निगमको प्रेस बिज्ञप्ति र हरेक दिन पेट्राेलीयम पदार्थ बाडीने स्थान हरू थाहा पाउन www.nepaloil.com.np मा १२ बजे पछाडी हेर्न सक्नुहुने छ ।