0 COMMENTS

madheshi-dalकाठमाडौं १९,असाेज / मधेसी मोर्चा र प्रमुख तीन दलले गठन गरेको वार्ता टोली विचको वार्ता विना निष्कर्ष सकिएको छ । सिंहदरवारमा आज बिहान १० बजे देखि सुरु भएको वार्तामा संविधानमा ३५ बुँदे संशोधन प्रस्ताव पेश गरेको थियो ।

‘वार्तापछि मोर्चाका लक्ष्मणलाल कर्णले भन्नुभयो राजनीतिक एजेण्डामा प्रवेश गर्नको लागि वातावरण बनाउने प्रयास भयो ।
सरकारले आन्दोलनमा घाइते भएकाहरुलाई उपचार खर्च दिने, दंगाग्रस्त क्षेत्र र सेना परिचालन फिर्ता गर्ने लगायतका प्रतिबद्धता पूरा नभएको भन्दै मोर्चाले ध्यानाकर्षण गराएको थियो । सरकारी वार्ता टोलीले यसको पूर्ण कार्यान्वयन हुने प्रतिबद्धता जनाएको छ ।

मोर्चाले राखेका माग मध्ये जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण र समानुपातिक समावेशी प्रतिनिधित्वबारे लगभग सहमति जुटेको थियो । सिमाङकनको विषयमा भने कुरा मिल्न सकेको छैन ।

प्रमुख तीन दलले तीन दलले संघिय आयोगमार्फत सिमाङकन विवाद पछि मिलाउने प्रस्ताव गरे पनि मोर्चाले भने आफ्नो मुख्य माग नै त्यहि भएको भन्दै सिमाङकनको बिषयलाइ प्राथमिकतामा राखेको छ ।

द्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बताए अनुसार आजको वार्ता राजनीतिक मुद्दामा प्रवेश नै नगरि सकिएको हो । तीनदलले बनाएको वार्ता टोलीले सरकार र नेताहरुसँग छलफल गरि भोली हुने वार्तामा ठोस प्रस्ताव ल्याउनेबताएका छन् भने मोर्चाले माग पुरा नभए सम्म आन्दोलन जारी राख्ने बताएको छ । वार्ता भोलि पुन: बस्ने गरि सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।