0 COMMENTS

प्रकाश बस्याल, १९असोज,नवलपरासी /नवलपरासीको कावासोती नगरपालिका ४ हसौरामा चोरीका घटना बढ्न थालेपछि स्थानिय चिन्तित बनेका छन्। भारतले गरेको अघोषित नाकाबन्दिका कारण बजारमा पेट्रोलियम पदार्थको अभाव भएसंगै रातको समयमा घरमा राखीएको सवारी बाट पोट्रोल तथा डिजेल निकालिएको घटना सेलाउन नपाउदै कहिले मोवाईल लगाएका सरसामान चोरी भईरहेपछि आजित बनेका स्थानियहरुमा फेरी गय राती चोरी भएपछि त्रास छाएको छ।। कावासोती ४ मा रहेको हस्त बहादुर मल्लको कच्चि पसल मा पसलको ताला फेडेर तिन काट्न तोरीको तेल ३० पोका चाउचाउ अन्दाजी २ हनार रकम गरी करीब ६ हजार बरावरको चोरी भएको छ भने हस्त बहादुर मल्लको पसल नजिकै रहेको गोबिन्द बहादुर भण्डारीको पसलबाट पनि गयराति पसलमा लगाईएको ताला फोडी १२ बट्टा चुरोट, चार्जर लाईटा ३ टा र अन्दाजि दुई हजार रुपैया चोरी भएको स्थानिय सरोज अधिकारलिे जानाकारी दिनुभयो।

ईलाका प्हरी कार्यलयका प्रहरी नायव निरीक्षक पर्शुराम तिवारीले भने कावासोती चारमा भउका चोरीका घटना स्थानिय १४ ,१५ बर्ष उमेर समुहकाले गरेको हुन सक्ने आसंका ब्यक्त गर्दै ब्यवसाहिक चोरहरुको बिकबिकी बढ्यो भनेर नआतिन सर्बसाधरणहरुलाई आग्रह गर्नुभएको छ। साथै उहाले प्रहरीले रातको १२ बजेबाट सुरक्षा गस्ति गरीरहेकाले घटनाहरु १२ बजे अगाडी घटेको हुनसक्ने भन्दै अब साझ बाटै सुरक्षा गस्ति को समय बढाउने बताउनभयो।र सबै सर्बसाधरणहरुलाई चनाखो रहन र कुनै शंङ्कास्पद ब्यक्ति भेटीय प्रहरीमा खवर गर्न पनि आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।