प्रकाश बस्याल, नवलपरासी १९असोज/ नवलपरासीको कावासोती नगरपालिकाको वडा नं. ४ र ५ लाई जोड्ने गरी केरुङगे खोलामा करीव सात करोडको लगानिमा पक्कि पुल बन्ने थाहा पाएपछि त्यहाका स्थानियहरु खुशी भएका थीय तर अहिलेसम्म पुल निर्माणको काम हुन नसक्दा स्थानियको खुसी फेरी हराउन थालेको छ। २०७२ असार महिनामा बिभिन्न संचार माध्ययम मार्फत पुल निर्माण उपभोक्ता समितिका संयोजक लेखनाथ बस्यालले असोज एक गतेबाट पुल निर्माण कार्य शुरु हुने बताएपछि स्थानियहरु असोज एक गते को प्रतिक्षा गरेर बसेका थीय तर आज असोज १८ गते हुदापनि पुल निर्माण गर्ने भनिएको स्थानमा कोही नदेखीदा कतै पुल नबने हो की भन्ने शंका स्थानियमा पैदा भएको स्थानिय खेमु काङ्खलेले बताउनुभयो। केरुङ्गे खोला तरेर लक्ष्मीनगर कावासोती लगाएतका ठाउमा बिभिन्न कामका लागी बर्षाको समयमा आवत जावत गर्न पर्नेहरु खुसी भएका थीय । बषार्तमा केरुङगखोलामा बाढी आउंदा कावासोती नगरपालिकाकै छिपछिपे हसौरा तथा धौवादी गा वि शका बासिन्दाहरु कावासोती आउनका लागि धौवादी को जुगेपानि हुंदै डण्डाबाट कावासोती आउनु पर्ने बाध्यता अब चाडै हट्ने भयो भन्दै खुसी भएकाहरुमा अहिले सम्म खोलामा कामदार तथा नदेखीदा र कतैबाट पुल निर्माका बारेमा जानाकारी नपाउदा निरास भएका छन्। पानि पर्दाको समयमा पनि अब कतै जानकालागी नरोकीने तथा कोही बिरामी परेपनि सिधै कावासोती लैजान पाईने भन्दै हर्षित भएकाहरु ऋाज पुलको सन्दर्भमा जान्न नपाउदा निरास भएका छन्।े।१ सय १० मिटर लम्बाईको लक्ष्मीनगर र छिपछिपे जोड्ने गरी केरुङगे खोलामा पुल निर्मार्णका लागि सर्भे र सोईल टेस्ट असारमानै सकियको थीयो। ऋसोज एक गतेबाट निर्माणकार्य शुरु हुने भनिएको पुल संविधान निर्माण भएसंगै उत्पन्न राजनैतिक समस्याका कारण पुलको टेन्डर आवाहाना गर्न नसकियकाले नया सरकार गठन भएपछि मात्र निर्माण को काम शुरु गरीने पुल निर्माण उपभोक्ता समितिका संयोजक लेखनाथ बस्यालले जानाकारी दिनुभयो।
प्रतिक्रिया दिनुहोस्