0 COMMENTS

Dip-Kumar-upadhyayaकाठमाडौं, असोज १८ । भारतले जारी राखेको अघोषित नाकाबन्दी खुलाउन कुटनीतिक प्रयासमा लागेका भारतका लागि नेपाली राजदूत दीप कुमार उपाध्यायले भारकाे नेपाल प्रतीकाे हेपाहा प्रवृत्तिका कारण नेपालमा भारत विरोधी प्रदर्शन भइरहेको बताएका छन् ।

भारतीय सरकारी सञ्चारमाध्यम ‘प्रेस ट्रष्ट अफ इण्डिया (पिटीआई)’लाई अन्तर्वाता दिदै उपाध्यायले भारतले नेपालमा अनावश्यक हस्तक्षेप गरेको कारण नेपाली जनताले प्रतिरोध गरेको बताएका छन् । उनले नेपालमा भैरहेको भारतविरोधी प्रदर्शनलाई स्वभाविकै त हाे भनेका छन ।

“‘महाभूकम्पपछि भारतले गरेको सहयोगमा नेपालीले मनैदेखि स्वागत र प्रशंसा गरेकानै त थीए  उनले अन्तवार्तामा भने – “तर अहिले भारतले अत्यावश्यक पेट्रोलियम पदार्थको आपुर्तिमा समेत अवरोध पुर्याएपछि नेपालीले भारतको उक्त कदमको बिरोध गरिरहेका हुन । यो स्वभाविक हो ।’
उपाध्यायले भारतको अवरोध कायमै रहे नेपालले तेश्रो मुलुकसँग व्यापार गर्न बाध्य हुने अवस्थामा पुगिने समेत स्पष्ट पारे । “यदि भारतले आपुर्ति सहज नगराएमा हामी चिन लगायत तेस्रो मुलुकसँग व्यापार गर्न वाध्य हुनेछौ, भारतले यो विषयमा गम्भिर भएर सोचोस” अन्तर्वार्तामा उपाध्यायले भनेका छन् । “नेपालीहरुका महानपर्वहरु दर्सै र तिहार नजिकै छन्,’ उनले भने– “दिल्लीले समयमै यो विषयको टुंगो लगाओस ।”अन्तवार्तामा उपाध्यायले सम्झौता अनुरुप आपुर्ति नगरेकोमा इंडियन आयल कर्पोरेसनप्रति समेत रोष प्रकट गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।