0 COMMENTS

Bharat-Raj-Subediअसोज १८, काठमाडौं । शुक्रबार अवकाश लिएकै दिन वैदेशिक रोजगार विभागका तत्कालिन महानिर्देशक भरतराज सुवेदीले ६५ म्यानपावर एजेन्सी खारेज गर्न उजुरी तथा अनुसन्धान शाखालाई ठाडो निर्देशन दिएका छन् ।

उनले उमेर हदका कारण अवकाश पाएका हुन् । सुवेदीद्वारा हस्ताक्षरित पत्रमा अख्तियार दुरपयोग अनुसन्धान आयोगले कारबाही गर्न सिफारिस गरेका ४७ र विशेष अदालतमा विचाराधीन १९ म्यानपावर कम्पनीलाई खारेज गर्न निर्दैशन दिइएको छ ।

यी एजेन्सीले श्रमस्वीकृतीका लागि नक्कली फाइल पेस गरेका थिए । यस्ता अधिकांश एजेन्सी मलेसिया कामदार पठाउने हुन् । – कारोबार दैनिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।