काठमाडौ १८ असोज/केहि दीन अगाडी मात्र नेकपा एमाअाेबादि बाट साधारण सदस्य सम्म परीत्याग गरी नीस्केका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले केही दिनभित्रै एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालसहित केन्द्रीय नेताहरु अख्तियारको फन्दामा पर्ने बताएका छन् । नागरिक दैनिकमा समाचार छ ।
नवलपरासीको देवचुली नगरपालिका अन्र्तगत चौधरी ग्रामका मजदुरहरुले आइतबार बिहान गरेको स्वागत तथा चियापानमा भट्टराईले एमाओवादी भ्रष्टाचारीको अखडा भएको बताए ।
‘एमाओवादी भूकम्पका कारण रातो स्टीकर पाएको घर हो । त्यहाँ बस्दा मलाई पनि किच्ला भनेर छाडेँ’, भट्टराइको भनाई उदृत गर्दै एक सहभागीले भने ‘एमाओवादीका अध्यक्षदेखि केन्द्रीय तहका केही नेता केही दिनभित्रै अख्तियारको फन्दामा पर्दैछन् ।’
प्रतिक्रिया दिनुहोस्