0 COMMENTS

K-V-Rajanकाठमाडौं, १८ असोज / नेपालका लागि भारतीय पूर्व राजदूत केभी राजनले भारतको कुटनीतिक असफलताका कारण अहिलेको समस्या आएको संकेत गरेका छन् ।
उनले भारतीय पक्षले कुटनीतिक विषयलाई सार्वजनिक गरेर राम्रो नगरेको बताएका हुन् ।नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व राजदूत राजनले भारतले नेपालसँग केही चाहेको भए त्यहीअनुसार भित्रभित्रै काम गर्नुपर्ने बताए ।‘भारतले नेपालसँग केही चाहेको थियो भने कुटनीतिक रुपमा भित्रभित्र गर्नुपर्ने थियो’, पूर्व राजदूत राजनले भने, ‘कुटनीतिक रुपमा राम्रो प्रयास हुन नसक्दा नेपालमा भारत विरोधी आन्दोलन भएको हो । यो राम्रो भएन । दुबै पक्षलाई घाटा हुन्छ ।नेपालको आन्तरिक राजनीतिक मामिलामा भारतीय पक्षले खुला रुपमा देखाएको चासोलाई पूर्व राजदूत राजनले कुटनीतिक असफलता भएको दोहराए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।