0 COMMENTS

ramsaranकाठमाडौं, १७ असोज – अर्थमन्त्री डा. रामशरण महतले चीनसँगको नाका तत्काल नखुल्ने बताएका छन् । विराटनगरमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै उनले भूकम्पको कारण सडक संरचना विग्रिएका कारण सडक खुलन केहि समय लाग्ने बताएका हुन् ।

भारतले गरेको अघोषित नाकाबन्दीपछि चिनिया नाका खोल्ने चर्चा भइरहँदा केहि समयपछि नाका खुलेपनि तत्काल दैनिक उपभोग्य वस्तु आउने गरी नाका खोल्न कठिनायी हुने स्पष्ट पारेका हुन् ।
मन्त्री महतले नेपालसँग जोडिएका मुख्य नाकामा मधेसी मोर्चाले गरेको धर्नाले जनता भोकभोकै पर्ने भन्दै तत्काल वार्तामा आएर समस्याको निकास खोज्न आन्दोलनरत पक्षलाई आग्रह गरे ।

विराटनगरमै आयोजित एक अर्को कार्यक्रममा महतले संविधान जारी भएसँगै अब आर्थिक विकासबाट नै गरिबी निवारण हुने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।