0 COMMENTS

coffeaइलाम, १७ असोज / इलामको गोदक–३ मा युवाले जग्गा भाडामा लिएर व्यावसायिक रूपमा कफीखेती सुरु गरेका छन् ।

इलाम, मोरङ, सुनसरी र काठमाडौँका नौजना युवा मिलेर रु दुई÷दुई लाख सङ्कलन गरी रु १८ लाखको लागतमा गोदकमा गञ्ज सोरालीको ३५ रोपनी जग्गा भाडामा लिएर कफीखेती सुरु गरेका हुन् ।

जापान, चीन, अमेरिका, जर्मनीतर्फ नेपालको अग्र्यानिक कफी बिक्री भइरहेको र इलाममा पनि कफीखेतीको राम्रो सम्भावना भएकाले कफीखेती सुरु गरिएको कुम्भकर्ण एग्रिकल्चर कम्पनी प्रालिका अध्यक्ष याम सुवेदीले बताउनुभयो ।पच्चीस वर्षसम्मका लागि वार्षिक रु ६० हजारका दरले जग्गा भाडामा लिएर उनीहरूले चार हजारभन्दा बढी कफीका बिरुवा लगाएका छन् । कफीसँगै बीच–बीचमा केरा, बहुमूल्य रुद्राक्ष, लिची, कटहरका बिरुवा रोपेका छन् ।

“मनग्य आम्दानी गर्न सकिन्छ भन्ने सोच बनाएर कफीखेती सुरु गरेका हौँ,” प्रालिका प्रबन्धक भीष्म श्रेष्ठले भन्नुभयो – “यही प्रशोधन गरेर विदेश निर्यात गर्ने र स्वदेशमै रोजगारीको सिर्जना गर्ने हाम्रो लक्ष्य छ ।पाँचथरको रानीटारबाट कफीका बिरुवा खरिद गरेर रोपेका छन् । कफीखेतीका लागि समुद्र सतहदेखि ६०० देखि एक हजार ८०० मिटरसम्मको उचाइ र दक्षिणतर्फ फर्किएको जग्गा उपयुक्त हुने जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत हर्षहाङ राईले बताउनुभयो । कफीलाई वार्षिक एक हजारदेखि दुई हजार मिलिमिटर वर्षा आवश्यक पर्छ ।

कृषि प्राविधिकको सरसल्लाहमा उपयुक्त जमिन भाडामा लिएर कफी लगाउन थालिएको सुवेदी बताउनुहुन्छ । युवाले कफीको बिरुवा आगामी वर्ष थप विस्तार गर्दै लैजाने योजनाअनुरूप नर्सरी समेत गरेका छन् ।कफी रोपेको तीन वर्षमा फल दिन सुरु गर्छ । जिल्लाका नामसालिङ, सोयाङ, इलाम नगरपालिकामा थोरै मात्रामा कफीखेती गरिए पनि व्यावसायिक रूपमा उत्पादन हुन नसकेको र यदि धेरै उत्पादन गर्ने हो भने मनग्य आम्दानी लिन सकिने नामसालिङका गञ्जु प्रधानले बताउनुभयो ।विदेशमा कफीको अत्यधिक माग छ तर माग धान्न सक्ने गरी उत्पादन भएको छैन, विदेश निर्यात गर्न सके मनग्य आम्दानी लिन सकिन्छ” उहाँले भन्नुभयो ।

नेपालको गुल्मी, पाल्पा, काभ्रे, ललितपुर, स्याङ्जा जिल्लाबाट उत्पादित कफी विदेश निर्यात हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।