0 COMMENTS

3-leader

 

 

काठमाडौं, १७ असोज । नेकपा एमाले संसदीय दलको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएसँगै भावी प्रधानमन्त्रीको विषयलाई लिएर काँगेसले पनि छलफल थालेको छ । एमालेको आइतबार सिंहदरवारमा बसेको संसदीय दलको बैठकले संसदीय दलका नेता केपी ओलीलाई नयाँ प्रधानमन्त्री बनाउन प्रस्ताव गरेसँगै भावी प्रधानमन्त्रीका उमदारमा एमालेको एक मत बन्यो भने नेपाली काँग्रेस भित्र भावी प्रधानमन्त्रीका विषयलाई लिएर मत बाझीएको छ ।

यसअघि भएको भद्र सहमति अनुसार आगामी सरकारको नेतृत्व आफुले पाउनुपर्ने एमालेले दावी गरेपनि कंग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले सार्वजनिक कार्यक्रममा नै त्यस्तो कुनै सहमति नभएको र व्यक्तिगत रुपमा गरिएका सहमति मान्य नहुने बताएसँगै काँग्रेस एमाले दुरी झन झन टाढीन पुगेको छ ।

एमालेले सिगों पार्टीबाट एक मात्र उमेदवार घोषणा गर्दा काँग्रेस भित्रबाट शुशिल कोइराला, देउवा र रामचन्द्र पौडेलल नै भावी प्रधानमन्त्रीका आकांक्षीका रुपमा देखिएका छन् । यसैबिच काँग्रेसका केही नेताहरुले काँग्रेस र एमाले मिलेर आगामी सरकार बन्न नसक्ने समेत बताउन थालेका छन् ।संसदीय लोकतन्त्रमा पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउन नहुने भन्दै एउटा दल प्रतिपक्षमै बस्नुपर्ने काँग्रेस जनहरुको तर्क छ । त्यसैले आगामी सरकारको नेतृत्वका लागि आफ्नो दलले दावी गर्ने भन्दै उहाँले जसले बहुमत पुर्याउन सक्छ अब उसकै नेतृत्वमा सरकार बन्ने पनि काँग्रेसका कतिपय नेताहरुले बताउन थालेका छन् ।तत्कालीन समयमा गरिएको भद्र सहमती काँग्रेसले तोड्ने दाउमा रहेको भन्दै एमालेले काँग्रेस पूर्व सहमतिबाट पछि हटन लागेको आरोप लगाउन थालेको छ । जसका कारण काँग्रेस एमालेको दुरी बढ्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।