0 COMMENTS

  sunaili-nakaकाठमाडौं १७ असोज/भारतले नेपालतर्फको अघोषित रुपमा रहेको नाकाबन्दी घोषित रुपलेनै हटाएको भनेर जानकारी गराएपनी नाकाबन्दी व्यवहारिक रुपमा अझै कायमै रहेको छ  स्राेतले बताएकाे छ ।

नेपालमा घोषणा भएको संविधानमा मधेसका केही मुद्दा सम्बोधन नभएको भन्दै छिमेकी मुलुक भारतले झण्डै दुई सातादेखि नाकाबन्दी गरेको थियो । शनिबार एकाएक भारतले नाकाबन्दी हटाएको खबर आएको सरकारी अधिकारीहरुले नै बताए । आपूर्तिमन्त्री सुनीलबहादुर थापाले सोमबारबाट भारतले इन्धनसहितको आपूर्ति सहज बनाउने खबर आएको जानकारी दिएका थिए । व्यवहारिकरुपमा भने सीमानाकाहरुमा भारतीय असहयोग कायमै रहने देखिएको छ । नाकाबन्दीको मुख्य असर इन्धन आपूर्तिमा परेको छ, र यो सहज नभएसम्म व्यवहारिक रुपमा भारतीय नाकाबन्दी कायमै रहन्छ । नेपाल भारत आयात (निर्यातको मुख्य भन्सार नाका वीरगञ्जको रक्सौल अझै खुलेको छैन । नेपालतर्फ मधेसी मोर्चाको धर्ना कायमै छ भने भारतीय पक्षको अवरोध पनि कायमै छ ।

नेपाल आयात निर्यातको करिव ७० प्रतिशत रक्सौल नाकाबाट मात्रै हुने गरेको छ । वीरगञ्जको अवरोध नहट्नु भनेको भारतको अघोषित नाकाबन्दी व्यवहारिक रुपमा कायमै रहनु जस्तै हो । भारतसँगको अन्य सीमा नाकाहरुमा पनि भारतले भनिए जस्तो सहज आपूर्तिको व्यवस्था मिलाएको छैन । नेपाल आयल नियम स्रोतका अनुसार इन्डियन आयल कर्पोरेशसन (आईओसी) ले नेपाललाई तीन स्थानबाट मात्र तेल दिने बताएको छ । बैतालपुर, गुण्डा, बरौनीबाट भने तेल नदिइने उसले बताएको छ ।

भारतले तेल दिने भनिएको रक्सौलमा भन्सार नाकाको अवरोध कायमै छ । भारतीयतर्फ गइसकेका नेपाली ट्यांकरहरुलाई तेल दिएपनि उनीहरुलाई नेपालतर्फ आउन दिएको छैन । भारतको तेल दिने भनिएको अर्को दुई स्थान सिलगुढी र ईलाहबाद हो । तर, तेल लिन पुगेका मध्ये १० प्रतिशत ट्यांकरमा  मात्र लोड गर्ने बताएको छ । ‘आईओसीका अधिकारीले गएराति १२ बजेसम्म सार्वजनिक बिदा भए पनि लोड दिने बताएका थिए । तर, आज त १० प्रतिशत ट्याकंरमा मात्रै लोड दिने भनेका छन् ‘ आयल निगमका प्रवक्ता दीपक बरालले  भने(‘आजदेखि लोडिङ नियमित प्रक्रियाअनुसार नै हुने भनिए पनि त्यसअनुसार भएन ।’ आयल निगमका अनुसार आईओसीको रक्सौल डिपोमा पुगेका ६३ ट्यांकरमध्ये आज ५ वटा ट्यांकरमा मात्रै तेल भरेको छ ।

सिलगुढी पुगेका ४० ट्यांकरमध्ये ३ र ईलाहबादमा पुगेका ६ वटा नेपाली ट्यांकर मध्ये एउटामा मात्रै तेल भरिएको छ । सिलगुढीमा तेल भरेका ट्यांकरहरु काँकडभिट्टाबाट नेपाल प्रवेश गर्छन् भने ईलाहबादमा तेल भरेका ट्यांकरहरु कैलालीको गड्डा चौकीबाट भित्रिने गरेका छन्।
निगमका अनुसार भारतमा अहिले करिव १७० बटा तेल भर्न प्रतिक्षारत छन् । इन्धन भरेका २०० तेल ट्यांकर र २५० ग्यासको बुटेल भन्सार पास नभएका कारण नेपाल आउन पाएका छैनन् । भारतले नाकाबन्दी खुलेको बताएर झुक्याएको भन्दै कतिपयले आशंका गर्न थालेका छन् । भन्सारका केही कर्मचारीहरु चाँहि आज आइतबार भारतमा सरकारी विदा परेकाले सोमबारदेखि भारतले तेलका ट्यांकरमाथिको अवरोध खुल्ने विश्वासमा छन् ।

शनिबार राति १० बजेसम्म ९७ वटा मालवाहक गाडी, डिजलका ६ वटा ट्यांकर र ग्यास बोकेका २ बुलेट गाडीहरु नेपाल भित्रिएका थिए । शनिबार पेट्रोल बोकेको एउटा पनि गाडी नेपाल भित्रिएको थिएन । आइतबार विहान पनि सो नाकामा सवारी साधनको आवत(जावत ठप्प छ । कृष्णनगरबाट १२७ गाडी भित्रिएका छन् भने कपिलवस्तुको कृष्णनगर नाकाबाट पनि आयात सहज हुन सकेको छैन । हिजो साँझ भैरहवाबाट डिजेलका ६ ट्यांकरसहित १२७ वटा मालवाहक गाडीहरु नेपाल भित्रिएका थिए । आइतबार अवरोध पूर्णरुपमा खुलेको छैन ।रुपैडिया नाका ठप्पै छ भने कैलालीमा केही गाडी भित्रिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।