0 COMMENTS

काठमाडौं, १७ असोज । राष्ट्रिय प्रrppजातन्त्र पार्टी नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङको निधनमा पार्टीले सात दिन शोक मनाउने निर्णय गरेको छ ।

सो पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान पार्टी कार्यालय, धुम्बाराहीमा बसेको आकस्मिक बैठकले सात दिनसम्म शोक मनाउने, तीन दिनसम्म पार्टीको झन्डा झुकाउने र १३ दिनसम्म पार्टीले कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निणर्य गरेको सहमहामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए ।

बैठकले गुरुङको पार्थिव शरीरलाई नेपाल ल्याउने र वैद्धिक परम्पराअनुसार दाहसंस्कार गर्नेलगायत व्यवस्थापनका लागि पार्टी उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

अमेरिकाको कोलोराडोमा क्यान्सरको उपचार गराइरहेका गुरुङको शनिवार राति मृत्यु भएको थियो । स्याङ्जाको पञ्चमूल सिरुवारीमा २०१२ सालमा जन्मिनुभएका गुरुङ पहिलो संविधानसभामा समानुपातिक सभासद् थिए ।

सहमहामन्त्री श्रेष्ठले रासससँग कुरा गर्दै भने, ‘पार्थिव शरीरलाई नेपाल ल्याउने सवालमा कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले अझै तीन चार दिन लाग्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।