0 COMMENTS

स्वास्थयलाई ठीक राखिराख्न हामीले धेरै प्रयत्न गरिरहेका हुन्छौं । यसका लागि हामी व्यायाम गर्छौं । राम्रा राम्रा कुराहरु मात्र खान्छौ । यसरी हेर्दा त हामीलाई स्वास्थ्य सम्बन्धी समस्या नै नआउनुपर्ने हो । तर, कुन खानेकुरा कतिबेला खाने भन्ने जानकारी नहुँदा हाम्रो स्वास्थ्यमा समस्या आइरहेको हुन्छ । कुनै खाद्यान्नमा सामग्रीमा एसिडको मात्रा बढी हुन्छ, त्यसलाई खाली पेटमा खाँदा वा पिउँदा स्वास्थ्यमा नोक्सान पुग्दछ । दही, काँचो गोलभेँडा, केरा आदि खाली पेटमा खानु राम्रो मानिँदैन । तर मनतातो पानी पिएर दिनको असल सुरुवात गर्न सकिन्छ । यहाँसम्म कि खाली पेटमा चिया र कफी पिउनु पनि हानिकारक हुन्छ । खाली पेटमा के खानुहुँदैन ? यहाँ केही जानकारी दिने प्रयत्न गरिएको छ ।

girl-eating-salad
मसलेदार चिल्लो पिरो भोजन

तपाईलाई जतिसुकै भोक लागोस् तर खाली पेटमा चिल्लो पिरो र मसलेदार खाना खानु हुँदैन । यसमा हुने प्राकृतिक अम्लले पेटको पाचन क्षमता बिगार्दछ । यसले पेट दुख्ने समस्या बढाउँछ ।

lemon-juice1
लेमन सोडा

लेमन सोडा भन्दा राम्रो सफ्ट पेय पदार्थ अरु छैन । यसमा चिनी पनि राख्नुपर्दैन । सोडा, पानी, कागती र बरफलाई मिलाएर एक रिफ्रेशिंग पेय पदार्थ बन्दछ । यसमा पोटासियम र इलेक्ट्रोलाइट पनि मिलेको हुन्छ । तर यसमा उच्च मात्रामा कार्बोनेट एसिड पनि हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन । यदि तपाईं यसलाई खाली पेटमा पिउनु हुन्छ भने यसले स्वास्थ्यमा समस्या निम्त्याउँछ ।

banana
केरा

खाली पेटमा केरा खाँदा शरीरमा म्यानेसियमको मात्रा अत्यधिक बढ्दछ । यसले शरीरमा क्याल्सियम र म्याग्नेसियमको मात्रा असन्तुलित हुन्छ । यसर्थ, खाली पेटमा केरा खाँदा ग्यास्ट्रिक एसिडको समस्या बढ्दछ र यसबाट पेटमा गहिरो दुःखाई हुनसक्छ ।

tomato
गोलभेँडा

गोलभेँडामा अत्यधिक मात्रामा एसिड हुन्छ । यदि यसलाई खाली पेटमा खायो भने यसले प्रतिक्रिया गर्दछ र पेटमा अघुलनशील जेलको निर्माण हुन्छ, जसले पेटमा पत्थर बन्दछ किनकी गोलभेँडा भिटामीन ए, सी, के, फोलेट र पोटासियमको राम्रो स्रोत हो । गोलभेँडामा सन्तृप्त वसा, कोलेस्ट्रोल, क्यालोरी र सोडियम स्वभाविक रुपमा कम हुन्छ । थियमिन, नियासिन, भिटामिन बी–६, म्याग्नेसियम, फस्फोरस र तांबा पनि प्राप्त हुन्छ ।

tea
कफी र चिया

खाली पेटमा कफीको सेवन बिष पिएजस्तो हुनसक्छ । किनकी यसले कैफिन हुन्छ, जसले खाली पेटमा पर्दा तपाईंलाई ठूलै समस्या निम्त्याउन सक्छ । यदि तपाई त्यतिबेला तपाईंलाई कुनै खानेकुरा मिलेन भने एक गिलास पानी मात्र पिउनुहोस् ।
जसरी कफी पिउनु राम्रो हुँदैन, त्यसरी नै खाली पेटमा चिया पनि नपिउनुहोस् । किनकी चियामा उच्च मात्रामा एसिड हुन्छ । जसले पेटमा पीडा हुनसक्छ ।

alkohal
रक्सी

रक्सी पिउनी भन्दा अगाडि तपाईंको पेट खाली हुनुहुँदैन, त्यसर्थ, पहिले नै केही खानुहोस् । खाली पेटमा रक्सी पिउँदा पेटमा जलन हुन्छ जसकारण खाना पनि राम्रोसँग पच्दैन । यसबाट तपाईंलाई बान्ता पनि हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।