0 COMMENTS

prachand-in-cadre-schoolingकाठमाडौं, १६ असोज / एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाओवादीले एमाले अध्यक्ष केपी ओली नै प्रधानमन्त्री हुनुपर्छ नभनेको बताएका छन् । नयाँ प्रधानमन्त्री जो भएपनि संविधानको कार्यान्वयनको लागि सहमतिय सरकार नै हुुनुपर्ने उनले बताए ।

शनिबार ताम्सालिङ, नेवा र तमुवान राज्य समिति अन्तर्गतका जिल्ला समितिका सदस्य र जिल्ला सल्लाहकारहरु लक्षित गरी राखिएको वैचारिक तथा राजनीतिक प्रशिक्षणमा उनले भने, ‘तर, शक्ति केन्द्रहरुले देखाएको ललिपपका कारण नेपालमा धेरैका प्रधानमन्त्रीको ग्रन्थी रसाइरहेको छ ।’
भारतको नाम नलिई उनले शक्ति केन्द्रहरुले प्रधानमन्त्रीको लोभ देखाएको भन्दै एमाले अध्यक्ष केपी ओली, काँग्रेस सभापति सुशील कोइराला, नेता द्वय शेरबहादुर देउवा र रामचन्द्र पौडेल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र मधेसका केही नेता पनि प्रधानमन्त्रीको दौडमा रहेको संकेत गरे ।

अध्यक्ष प्रचण्डले आफू भने प्रधानमन्त्री र राष्ट्रपतिको दौडमा नभएको बताए । उनले भने, ‘१६ बुँदे समझदारी गर्दा सहमतिय सरकारको नेतृत्व एमालेलाई दिने सहमति भएकै हो । तर, संविधान जारी भएपछि कांग्रेसले सहमतिबाट पछि हट्ने लक्षण देखाएको छ ।

प्रचण्डले १६ बुँदे सहमति हुँदा सुशील कोइरालाले नै केपी ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको स्मरण गरे । उनले भने, ‘एकपटक होइन, तीन–तीन पटकसम्म सुशीलजीले केपीजीलाई शंका नगर्नुहोस्, म पछि तपाईं नै हो भनेको मैले मात्र होइन, विजय गच्छादारजीको कानले पनि सुनेका हौं ।अध्यक्ष प्रचण्डले नयाँ संविधान कार्यान्वयनको लागि सहमतिय सरकार नै उपयुक्त हुने स्पष्ट पारे । ‘संविधान संशोधन गर्नुछ, ऐन कानुन बनाउनुछ, आयोगहरु बनाउनुछ’ उनले भने, ‘यसको लागि दुई तिहाई बहुमत चाहिन्छ । यसको लागि पनि सहमतिय सरकार चाहिन्छ ।’

उनले भने, ‘हामी प्रधानमन्त्रीको दौडमा छैनौं । हामी जो भए पनि सहमतिय सरकारको पक्षमा छौं ।’ सुशील कोइरालाले पनि नछाड्ने संकेत देखाएको, देउवाको पनि दावी रहेको र रामचन्द्र पौडेलले पनि आफ्नो पालो आएको रुपमा प्रस्तुत हुन थालेको आफूले पाएको प्रचण्डले बताए ।

माधव नेपालजीलाई पनि म एकपटक प्रधानमन्त्री भएको, अब म जान्छु भन्ने लागेको छ’ उनले भने, ‘केही मधेसी नेताहरुले पनि प्रधानमन्त्रीको दावी गरेको पाएको छु ।शनिबार नै गोर्खा पुगेका पूर्वमाओवादी नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पनि शक्ति केन्द्रहरुले ९/१० जनालाई प्रधानमन्त्रीको ललिपप बाँडिरहेको बताएका थिए । बाबुरामले ‘मैले अहिले नै भन्दा अन्यथा अर्थ लाग्छ तर एक हप्ता पर्खिएर हेर्नुस् नाटक त अझ देख्नुहुन्छ तपाईंहरुले । पर्दापछाडि मञ्चन भइराखेको छ, मैले त देखिराखेको छु, तपाईंहरुले अझै देख्नुभएको छैन’ भन्ने बताएका थिए ।

उनले ‘एक हप्ता पर्खिएर हेर्नुस् अनि नाटक कसरी मञ्चन हुन्छ, कसरी पदका लागि चाकडी र दलाली गरिन्छ त्यो देख्नुहुन्छ ।’ भन्दै शीर्ष नेताहरुमाथि व्यंग्य गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।