0 COMMENTS

काठमाडौं, १६ असोज । भारतीय विदेश मन्त्रालयले नेपाललाई गरिँदै आएको अघोषित नाकाबन्दी खोल्न सम्बद्ध निकायलाई गोप्य निर्देशन दिएको स्रोतले दावी गरेको छ । नेपालको संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले लगाउँदै अाएकाे अघोषित नाकाबन्दी खुकुलो हुने संकेत देखिएको छ ।

उत्तरी छिमेकी चीनबाट पेट्रोलियम पदार्थ आयात गर्ने प्रक्रिया अघि बढिसकेको अवस्थामा भारत नाकाबन्दी खुकुलो पार्न बाध्य स्रोतको दावी छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी न्यूयोर्कबाट दिल्ली फिरेपछि सुरु भएको परामर्श तथा नेपालको संविधानमा अधिकतम सहमतिको सरोकारमा अघि बढेको संशोधनको सहमति हेरेर तत्कालबाट लागू हुने गरी नाका खुला गरिएको स्रोतले जनायो ।उद्यमी विनोद चौधरी, प्रधानमन्त्री सुशील कोइराला तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट ‘सहजकर्ता’ बनेर शुक्रबार दिल्ली पुगेका थिए । उनले भारतीय प्रधानमन्त्रीको कार्यालयका बरिष्ठ पदाधिकारी, विदेश मन्त्रायका अधिकारी लगायतसँग परामर्श गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।