0 COMMENTS

oliकाठमाडौं, असोज १६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको प्रधानमन्त्री बहुमतीय प्रक्रियाबाटै चयन हुने बताएका छन् ।

पार्टीको भ्रातृ संगठन युवा संघको केन्द्रीय कमिटी बैठकको शनिबार राजधानीमा उद्घाटन गर्दै अध्यक्ष ओलीले सहमतीय सरकार गठन हुन नदिन चलखेल बढेको भन्दै बहुमतीय प्रक्रियाभित्र सहमति खोजिने बताए ।उनले दलहरुबीच सहमतिका आधारमा सरकार गठन गर्न अधिकतम् प्रयास गरिए पनि सम्भव नहुने स्पस्ट पारे ।

एमाले अध्यक्ष ओलीले दलहरुबीच भएको सहमतिअनुसार असोज २४ गतेभित्र मुलुकले नयाँ प्रधानमन्त्री पाउने बताए ।भारतसँगको असहमति धेरै दिन नरहने भन्दै उनले विभिन्न समयमा भएका सन्धि–सम्झौताका कारण असमझदारीको चाँडै अन्त्य हुने दाबी गरे ।अध्यक्ष ओलीले संविधान बनेकोमा सबै नेपालीले खुसियाली मनाउन नपाएकोमा चिन्ता व्यक्त गरे । युवा संघको केन्द्रीय कमिटी बैठकले हालसम्मको कार्यसमीक्षा गर्दै नेतृत्व हस्तान्तरण गर्ने तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।