0 COMMENTS

ser-badhur-dewaकाठमाडौं, असोज १६ । नेपाली कांगे्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले सहमतिको सरकार गठनका लागि गृहकार्य भइरहेको बताएका छन ।

नेपाल तरुण दलले शनिबार राजधानीमा गरेको चियापान कार्यक्रममा वरिष्ठ नेता देउवाले दलहरुबीच सहमतिको सरकारका लागि छलफल सुरु भएको बताए ।प्रधानमन्त्रीका लागि कसैसँग सम्झौता नभएको भन्दै उनले व्यक्तिगत रुपमा कसैसँग गरिएको सम्झौता नेपाली कांग्रेसलाई मान्य नहुने प्रष्ट पारे । उनले अब बन्ने प्रधानमन्त्रीले मुलुकलाई निकास दिने पनि बताए ।

वरिष्ठ नेता देउवाले मधेसमा आन्दोनलरत दलसँग वार्ता भइरहेकाले केही दिन भित्रै टुंगोमा पुग्ने बताए । भारतले नाकाबन्दी गरेर नेपाली जनताको जनजीवन प्रभावित भएको भन्दै उनले कुटनीतिक रुपमा नाका खोल्ने पहल भइरहेको र दुई दिनभित्र समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।