0 COMMENTS

Rambaran-Yadavकाठमाडौं, १६ असोज । जननिर्वाचित प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा गरेको औपचारिक जानकारी ब्यवस्थापिका संसदलाई नहुँदै राष्टपति डा. रामबरण यादवले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । नयाँ सरकार गठनको आह्वान गर्नुपूर्व प्रधानमन्त्रीको पद रिक्त हुनु पर्दछ । तर प्रधानमन्त्री कोइरालाले राष्टपति यादवलाई आफ्नो राजीनामा बुझाएका छन् । प्रधानमन्त्री कोइराला पदमुक्त भएको औपचारिकता नहुँदै राष्टपति यादवले सहमतिको सरकार गठनका लागि आह्वान गरेका छन् ।

राष्टपति यादवले संविधानको धारा २९८ को उपधारा २ बमोजिम सहमतिको सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका छन् । तर प्रधानमन्त्रीको पद रिक्त भएको कुनै शब्द उनले आफ्नो आह्वान पत्रमा उल्लेख गरेका छैनन् । उनले धारा २९८ को उपधारा २ लाई आधार बनाएर मात्र सहमतिको सरकार गठनका लागि आह्वान गरेका छन् ।

धारा २९८ को उपधारा २ मा ब्यवस्थापिका संसदको बैठक चलिरहेको अवस्थामा यो संविधान लागु भएको सात दिनभित्र सहमतिय आधारमा आग्रह गरिन्थ्यो । तर प्रधानमन्त्रीले राजीनामा नदिएका कारण सरकार संबै धानिकरुपमा काम चलाउमा परिणत हुन नपाउँदै सरकार गठनको आह्वान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।