0 COMMENTS

काठमाण्डाै १६ असाेज / द्धिदेशीय सीमाक्षेत्रमा बढेको असुरक्षा र आन्दोलनलाई कारण देखाउँदै भारतले एकसातायता गरेको नाकाबन्दी खुलाउन भारत सरकारले शनिबार निर्देशन दिने संकेत आएको छ ।
काठमाडौंमा राजनीतिक परामर्श गरेर शुक्रबार बिहान दिल्ली फर्किएका राजदूत दीपकुमार उपाध्यायले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलसँग दिउँसो भेटवार्ता गरेका थिए ।

सुरक्षा सल्लाहकारबाट द्धिदेशीय सम्बन्धको सहजीकरणमा आवश्यक उपाय अवलम्बन गर्न लागिएको सकारात्मक संकेत पाएका राजदूत उपाध्यायले यसबारे छिट्टै नतिजा देख्न सकिने प्रतिक्रिया दिए ।

अघोषित चरणमा अघि बढेको नाकाबन्दीका कारण नेपाली सामाजिक/आर्थिक तहमा चर्को कठिनाइ उब्जिएपछि चिनियाँ नाकाहरू खुलाउनका लागि नेपाल सरकारले पहल गरेपछि स्थिति सहजीकरणमा दिल्लीलाई ‘तातो लागेको’ समाचार स्राेतले बताए ।

‘दिल्लीमा अरूभन्दा बढी चीन–फ्याक्टरले काम गर्छ,’ नेपाल मामिलाका सुरक्षा जानकारले बताए, ‘चीनबाट नेपालले पेट्रोल ल्याउने तथा तातोपानी र रसुवागढी नाका खुलाउन हरसम्भव प्रयत्न गर्नेजस्ता निर्णय गरेकाे समाचार आएपछि बिहीबारदेखि दिल्लीस्थित गृह मन्त्रालयले नाकाबन्दीको वस्तुस्थिति पहिल्याउन सीमावर्ती नाकाका सम्बद्ध निकायहरूसँग परामर्श थालेको थियो, त्यसैको परिणामस्वरूप सकारात्मक परिणाम आउन लागेको हो ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।