0 COMMENTS

sushil-koiralaकाठमाडौं, १५ असोज । प्रधामन्त्री सुशील कोइरालाले पदबाट राजीनामा दिनुभएको छ ।
संसद्को शुक्रबार बेलुका बसेको बैठकलाई सम्बोधन गर्दै कोइरालाले संविधान जारी भएपछि पद त्याग गर्ने प्रतिबद्धताअनुसार आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो ।अब कोइराला नेतृत्वको सरकार अब काम चलाउ हैसियतमा रहनेछ । प्रधानमन्त्रीको राजीनामासँगै नयाँ सरकार गठनको प्रकिया पनि सुरु भएको छ । प्रधानमन्त्री कोइरालाको राजीनामासँगै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने बाटो समेत खुल्ला भएको छ ।२०७० माघ २७ मा बसेको व्यवस्थापिका संसदको बैठकले नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता सुशील कोइरालालाई प्रधानमन्त्रीमा निर्वाचित गरेको थियो । संविधान निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी उहाँको कार्यकाल सम्पन्न भएको छ । अठार महिना लामो उहाँको कार्यकाल खासै विवादमा परेन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।