काठमाडौं, १५ असोज / करिव साढे एक बजे सुचारु भएको व्यस्थापिका संसद् अधिवेशनको पहिलो बैठक बसेको पाँच मिनेटमा नै सकिएको छ । उक्त बैठक संसद्का सभामुख सुवासचन्द्र नेम्वाङले राष्ट्रपति कार्यालयबाट आह्वान गरिएको पत्रको वाचन गरेपछि सकिएको थियो । सभामुख नेम्वाङले अर्को बैठक बेलुकी ५ बजे सम्मका लागि स्थगित गरेका छन् । आज साँझसम्ममा प्रधानमन्त्री शुसील कोइरालाले आफ्नो पदबाट राजिनामा दिने प्रवल सम्भावना रहेको श्रोतले बताएको छ । संबैधानिक प्रावधान अनुसार संसद बैठक वसेको ७ दिन भित्रमा दलहरुको सहमति बमोजिम प्रधानमन्त्री, २० दिन भित्रमा सभामुख र उपसभामुख, १ महिना भित्रमा राष्ट्रपति र उपराष्ट्रपतिको चयन गरिसक्नु पर्ने छ ।
प्रतिक्रिया दिनुहोस्