0 COMMENTS

radha-gyawaliकाठमाण्डाैञ१४ असाेज/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाही गर्न सिफारिस गरिएकी उर्जामन्त्री राधा ज्ञवाली बर्खास्तीमा परेकी छन् । प्र्रधानमन्त्री सुशिल कोइरालाले मन्त्री ज्ञवालीलाई मन्त्री पदबाट बर्खास्त गरेका हुन् ।

मन्त्री ज्ञवालीमाथि नेपाल विद्युत प्राधिकरणको सोलु कोरिडोर प्रशारण लाइन निर्माणमा अनुचित कार्य गरेको आरोप लागेको छ । अख्तियारले सोही विषयमा छानविन गरी कारवाहीको सिफारिस गरेको थियो । त्यसमा मन्त्री ज्ञवालीले आफ्नो पदको दुरुपयोग गरी अनियमित कार्य समेत गरेको अख्तियारको ठहर छ । अख्तियारले गरेको यो सिफारिसपछि प्रतिक्रिया दिँदै मन्त्री ज्ञवालीले यसमा आफूमात्र दोषी नभइ उर्जा मन्त्रालयका सचिवको पनि दोष रहेको र उनीमाथि पनि कारवाही गरिनुपर्ने प्रतिक्रिया दिएकी थिइन ।

अख्तियारले बारम्बार ताकेता गरेपछि बुधबार प्रधानमन्त्री कोइरालाले आरोप लागेका एमाले मन्त्रीलाई फिर्ता बोलाउन अध्यक्ष केपी ओलीलाई आग्रह गरेका थिए । यदि पार्टीले फिर्ता नबोलाएमा आफूले बर्खास्त गरिदिने चेतावनी पनि प्रम कोइरालाले दिएका थिए ।
उर्जामन्त्री ज्ञवाली मन्त्रीपदबाट बर्खास्त

तर, बिहीबारसम्म पनि न त उनीहरुलाई पार्टीले फिर्ता बोलायो न त राजिनामा नै आयो । त्यसपछि प्रम कोइरालाले सिधै बर्खास्थीको कारवाही गरेका हुन् ।

बिहीबार नै युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले राजिनामा बुझाएका थिए । प्रधानमन्त्रीले बर्खास्थ गर्ने पक्का सूचना पाएपछि मन्त्री पौडेलले प्रधानमन्त्री निवास बालुवाटारमै गएर राजिनामा बुझाएका हुन् । तर, उर्जामन्त्री ज्ञवालीले भने राजिनामा बुझाउन अस्वीकार गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।