0 COMMENTS

pursotam-paudleकाटमाडौ १४ असाेज । युवा तथा खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले बिहिबार पदबाट राजीनामा दिएका छन् । उनि नेकपा एमालेबाट सरकारमा सहभागी भएका थिए । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव नियुक्तिमा अनुचित कार्य गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कोइरालालाई पदबाट हटाउन सिफारिस गरेको थियो ।

अख्तियारले निर्देशन दिएपछि प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार साँझ एमाले अध्यक्ष केपी ओलीलाई फोन गरी अख्तियारले कारवाही गर्न निर्देशन दिएका मन्त्रीलाई फिर्ता नबोलाए आफूले बर्खास्त गर्ने चेतावनी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।