0 COMMENTS

money2-390x293काठमाडौ१४ असाेज / नेपालीहरुको महान चाड दसैं नजिकै आएको छ । तर भारतले गरेको अघोषित नाकाबन्दीको कारण विभिन्न समस्याहरु देखिएका छन् । देशभर इन्धनको अभाव देखिएको छ । अझ आज देखि निजी सवारिलाइ तेल निदने सरकारले निर्णय गरेको छ । यस्तो अवस्थामा कस्तो होला नेपालीको दसैं ? सर्वसाधारण जनता चिन्तित बनेका छन् ।

तर सर्वसाधारणको एउटा चिन्तालाइ भने नेपाल राष्ट्र बैंकले हटाइदिएको छ । दसैंंमा नयाँ नोट पाइन्छ कि पाइदैन भनेर चिन्तीत उनिहरुले असोज २४ बाट नयाँ नोट पाउने राष्ट्र बैंकले बताएको छ ।

सर्वसाधारणलाई लक्षित गर्दै केन्द्रीय बैंकले राजधानीभित्र थापाथली कार्यालय र आफ्ना क्षेत्रीय कार्यालयहरुबाट नयाँ नोट सटही सुविधा दिने छ भने बैंक तथा वित्तीय संस्थाहरुलाई भने असोज १८ गतेदेखि वालुवाटार कार्यालयबाट नोट सटही सुविधा दिने छ ।

‘यसपाली केन्द्रीय बैंकले सर्वसाधारणका लागि नयाँ नोटको कोटा पनि तोकिदिएको छ,’ राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले भने, ‘प्रत्येक व्यक्तिले २२ हजार रुपैयाँ बराबरको नयाँ नोट सटही सुविधा पाउने छ ।’

एक जना व्यक्तिले पाँच रुपैयाँ दरको दुई प्याकेट, १० रुपैयाँ दरको दुई प्याकेट, २० रुपैयाँ दरको दुई प्याकेट, ५० रुपैयाँ दरको एक प्याकेट र १०० रुपैयाँ दरको एक प्याकेट नोट सटही सुविधा पाउने छन् ।कर्मचारीका लागि राष्ट्र बैंकले आफूले काम गरेको सम्बन्धित कार्यालयको पत्र ल्याएर औचित्यका आधारमा नयाँ नोट सटही सुविधा दिने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।