0 COMMENTS

काठमाण्डौ, असोज १३/नेपाल आयल निगमले बिहिवारदेखि निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ वितरण नगर्ने निर्णय गरेको छ ।
अहिलेकै कोटा प्रणाली अनुसार वितरण गर्दा झण्डै १२ दिनलाई पुग्ने डिजेल र पेट्रोल मौज्दात भएपनि तत्काल आपूर्ति हुन नसके नीजि सवारीलाई दिन नसकिने आयल निगमले जनाएको छ । यसबिषयमा गृह मन्त्रालयमा सरकारसँग छलफल गरिने निगमका प्रवक्ता दीपक बरालले जानकारी दिए ।
थप आयात नभए भोली देखि अस्पताल, एम्बुलेन्स, सुरक्षा निकाय, सार्वजनिक सवारी लगायत अत्यावश्यक सेवालाई मात्रै पेट्रोलियम पदार्थ उपलब्ध गराउने निगमको तयारी छ । सोमबारदेखि कोटा प्रणाली लागू गरेको निगमले दुई दिनमा २ लाख ६ हजार लिटर पेट्रोल र झण्डै ६ लाख लिटर डिजेल वितरण गरिसकेको छ । बुधवारपनि हिजोकै परिमाणमा डिजेल र पेट्रोल वितरण गरिने निगमले जनाएको छ ।
पेट्रोल हिजो वितरण गरिएका पम्पहरुबाट नै वितरण हुने र डिजेल वितरण गरिने पम्पहरु भने हेरफेर हुन सक्ने प्रवक्ता बरालले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।