0 COMMENTS

   बुटवल १३ असाेज/ बुटवलमा विद्यार्थीहरुले भारतीय  हस्तक्षेपविरुद्ध प्रदर्शन गरेका छन्  नेपालमा नयाँ संविधान जारी भएपछि भारतले गरेको अघोषित नाकाबन्दीका विरुद्ध   संयुक्त विद्यार्थी संघर्ष समितिको आह्वानमा बुटवलका कलेजका विद्यार्थीहरु सडकमा ओर्लिदै भारतीय हस्तक्षेपको विरोधमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला बनाएर बुटवल नगर परिक्रमा गराएका थिए । उनीहरुले नेपालको सीमामा लगाएको नाकाबन्दी फिर्ता लिन माग गर्दै भारतलाई नेपालमाथिको हस्तक्षेप बन्द गर्न चेतावनी दिएका थिए ।

कलेज ड्रेसमै सडकमा ओर्लिएका विद्यार्थीहरुले मोदी सरकार मुर्दावाद, भारतीय हस्तक्षेप बन्द गर, ब्याक अफ इण्डिया, लिपुलेक हाम्रो हो, सीमा मिच्न पाइँदैन, जस्ता नारा लगाउँदै बुटवल नगर परिक्रमा गरेका थिए ।20150930_094441

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।