0 COMMENTS

Gopal-dharmashala_860732297जनकपुर १२ असाेज/ बाबुराम भट्टराईले सम्बोधन गर्ने भनी आयोजना गरिएको जनकपुरस्थित गोपाल धर्मशालाको कार्यक्रम विथोलिएको छ। बाबुरामलाई सहभागी गराएको विरोधमा स्थानीय मधेसी युवाहरुले सभाका लागि तयार गरिएको मंच भत्‍काइदिएका छन्। कार्यक्रमका अगुवा रामचन्द्र झामाथि हातपात भएको छ र उनलाई मंचबाट हटाइएको छ। अहिले तनावपूर्ण अवस्था छ। प्रभु शाह पनि कार्यक्रमस्थलबाट बाहिर निस्केका छन्। दिउँसो १ बजेदेखि कार्यक्रम राखिएको थियो ।भट्टराईको विरोधमा प्रदर्शनमा उत्रिएका युवाहरुलाई सम्झाउन पुगेका झालाई सभास्थलमै युवाहरुले हातपात गरेका हुन् ।

 जनकपुरमा भट्टराइले संबिधान जलाउने  र मधेस जनआन्दोलन समिति, धनुषाको व्यानरमा आन्दोलनमा उत्रने सहमति गरेपछी वाहा लाइ स्थानीय स्थरमा बिराेध हुदाहुदै पनी  एकीकृत माओवादीका नेता प्रभु साह, रामकुमार शर्मालगायतको पहलमा जनकपुरमा लगीएकाे थियो ।

एकीकृत माओवादी पार्टी परित्याग गरेको घोषणा गरेका नेता भट्टराईले मधेस आन्दोलनलाई समर्थन गर्दै आउनुभएको छ । बिहान भट्टराई जनकपुरधाममा उत्रिएलगत्तै ‘डाक्टर बाबुराम गो ब्याक’ भन्दै युवाहरुले विरोध जनाएका थिए । बाबुरामको विरोधमा उत्रेका मधेसी युवाहरुले कार्यक्रम स्थलमा जम्मा भएर विरोध प्रदर्शन गरिरहेका छन् ।उनीहरुले बाबुरामलाई बोल्न दिनु हुँदैन भन्दै उनलाई फिर्ता पठाउन माग गरिरहेका छन् ।विमानस्थलबाट कडा सुरक्षा घेरामा बाहिर निस्केका बाबुरामलाई यात्रु निवासमा सुरक्षाकर्मीले घेरेर राखेका छन् । बाबुरामलाई रोक्न मधेसी युवाहरुले विमानस्थलमा विहानैदेखि प्रदर्शन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।