पोखरा, १२ असोज / नेपालमा नयाँ संविधान जारी भएपछि भारतले गरेको अघोषित नाकाबन्दीका विरुद्ध अनेरास्ववियु पोखरा विश्वविद्यालयले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ । सोमबार बिहान कलेज शुरु हुने बित्तिकै अनेरास्ववियु समर्थित विद्यार्थीहरुले नाराबाजी गर्दै पुत्ला जलाएका हुन् ।
बहुसंख्यक नेपालीले बनाएको नेपालको संबिधानमा असहमति जनाएर नेपालमा अघोषीत नाका बन्दी गरेको विरोधमा पुत्ला र झण्डा जलाएका हुन् । पोखरामा रहेका भारती पेन्सन क्याम्प अगाडी विहान १० बजे देखि ११ बजे सम्म धर्ना दिएका थिए । विद्यार्थीहरुले कोष सभामा भारतले अन्तरािष्ट्रयका कानुन विपरीत नेपालमा नाका बन्दी गरको भन्दै फिर्ता लिन आग्रह गरे ।
उनिहरुले अन्तरािष्ट्रयका कानुनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धज्जी उडाएको भन्दै छिटो फिर्ता लिनएर नेपालनको आपुर्ति सहज बनाउनु पर्ने बताए । उनीहरूले भारतीय विस्तारवाद मुर्दावाद, नेपाली भूमिमा भारतीय रबैया बन्द गर, नेपाली स्वाभीमान झुकाउने मधेशवादी दलको आन्दोलन फिर्ता गर, सबै नेपाली एक हौं, देश द्रोहि नेतालाई कारबाही गर, भारतीय ठुलदाई बन्न छाड् लगाएतका नारा लगाएका थिए ।