0 COMMENTS

जनकपुर ,१२ असोज । जनकपुरमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको उपस्थितिमा नयाँ संविधानको प्रति जलाइने भएको छ ।

एमाओवादीका असन्तुष्ट मधेसी नेताहरु र मधेसी मोर्चाबीच मंगलबार भट्टराईको उपस्थितिमा नयाँ संविधानको प्रति जलाउने सहमति भएको हो । यससँगै मधेसी मोर्चाले पनि भट्टराईको स्वागत गर्ने भएको छ ।

भट्टराई नयाँ संविधान निर्माणका सबैभन्दा महत्वपूर्ण मानिएको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति थिए । तर, नयाँ संविधाान घोषणासँगै भट्टराईले सार्वजनिक रुपमै मधेसी, थारु, जनजातिलाई सम्बोधन नभएको भन्दे असन्तुष्टि जनाएका थिए ।

पूर्व प्रधानमन्त्री भट्टराईले शनिबार एमाओवादी र संसद सदस्य परित्यागको घोषणा गरे । तर, मधेसी मोर्चाले भट्टराईको जनकपुर भ्रमणमा अवरोध गर्ने बताएपछि राष्ट्रिय मधेसी मुक्ति मोर्चाले वार्ता गरेका थिए ।

जनकपुरमा वसेको मोर्चाको संयुक्त बैठकले भट्टराईलाई बिमानस्थल बाटै फर्काउने निर्णय गरेको थियो । संयुक्त लोकतान्त्रीक मधेशी मोर्चा र संयुक्त युवासंघर्ष समितिले माओवादी छाडेका नेता बाबुराम भट्टराईलाई तराई प्रवेशमा रोक लगाउने निर्णय गरेका थिय तर भट्टराइले जनकपुरमा संबिधान जलाउने प्रतिबद्दता र मधेस जनआन्दोलन समिति, धनुषाको व्यानरमा आन्दोलनमा उत्रने सहमति भएको छ ।   पछि मोर्चाको बिरोध फिर्ता भए पनि संयुक्त युवासंघर्ष समितिले भने बिरोध फिर्ता गरेको छैन । नेता भट्टराई आज १ बजे धनुषा जाने कार्यक्रम रहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।