0 COMMENTS

काठमाडौज११ असाेज । अघोषित नाकावन्दीपछि उत्पन्न भएको संकट समाधानको कुटनीतिक प्रयास थाल्न सरकारले वाणिज्य तथा आपूर्ति मन्त्री सुनील वहादुर थापालाई भारत पठाएको छ । उनी आज बिहान भारत गएका छन् ।

मन्त्री थापाले भारतका वाणिज्य र पेट्रोलियम मन्त्री लगायतसंग भेटवार्ता गरेर नाकाबन्दी खोल्नेविषयमा छलफल गर्नेछन् । भेटमा दुइ मुलुकबीच पारवाहनमा देखिएको समस्या समाधानका लागि अनुरोध गर्ने तयारी भएको मन्त्री थापाका सहयोगीले बताएका छन । बिहान भारत प्रस्थान गरेका थापा ३ दिनसम्म दिल्लीमै रहनेछन् ।

नेपाल सरकारले भारतको तर्फबाट सकारात्मक जवाफ नआएमा विकल्प खोज्ने तयारी समेत थालिसकेको छ । भारतले गरेको नाकाबन्दीको डटेर सामना गर्न साना दलहरुले दिएको सुझाव र सामाजिक संजालमा नेपालीहरुको प्रतिक्रियाको दबाबले नेपाल सरकार भारतसँग हुन्छ वा हुन्न भन्ने ढंगले प्रस्तुत हुन बल पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।