0 COMMENTS

असोज ११, काठमाडौँ । भारतले संयुक्त राष्ट्रसंघको भियना सन्धी उलंघन गदै तेस्रो मुलुकबाट आएका शिलबन्दी मालका कन्टेनरहरु समेत सीमानाकामा रोकेको छ ।

सिंगापुर, चीन, थाईल्याण्डलगायतका मुलुकदेखि कलकत्ता वन्दगाहबाट चेकजाँच भइआएका (सिटीएस) कन्टेनरसमेत सिमानाकामा भारतको ठाडो रोक्नु मानवअधिकार विरोधी कार्य भएको यसक्षेत्रमा सम्वद्ध अधिकारी एवम् प्रतिनिधिहरुले गुनासो गरेका छन् ।

सीमानाका सुनौलीमा ५० बढी कन्टेनरहरु अलपत्र परेका छन् । उक्त कन्टेनरहरुमा सिसा, औद्योगिक कच्चा पदार्थहरु, दाल, एसिड, साल्ट, प्लास्टिकको दाना, फर्निचर, साबुन बनाउने कच्चा पदार्थ, तोरी, केलाईट, फर्निस आयल लगायतका सामान छन् । – अन्नपूर्ण पोष्ट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।