0 COMMENTS

असोज ११ काठमाडौँ / मानव अधिकार तथा शान्ति समाजले हिंसा र नाकावन्दी विरुद्ध भारतीय दुताबास अगाडी धर्ना दिने भएको छ ।

यस वर्षकोहिंसा र नाकावन्दी विरुद्ध केन्द्रीत रही शान्ति समाजले अाज असोज ११ गते सोमबार अपरान्ह ४ बजे भारतीय दुतावास अगाडि मैनवत्ति सहित धर्ना प्रदर्शन आयोजना गर्ने भएको छ भने नाकावन्दी निरन्तर रहे त्यसको विरुद्ध सत्याग्रह थाल्ने बिज्ञप्तिमा उल्लेख गरिएको छ ।shanti-samaaj

अहिंसा दिवस (२ अक्टोबर) का दिन मानब अधिकार तथा शान्ति समाजले नाकावन्दी निरन्तर रहे त्यसको विरुद्ध सत्याग्रह थालिने समेत स्पस्ट पारेको छ । कुनै पनि अभियान/आन्दोलन वा संघर्षका कार्यक्रमलाई प्रक्षेपण गर्दा आमनागरिकलाई पीडा पर्याउने, उनीहरूको जीवनलाई कष्टकर बनाउने र अभाव सिर्जना गरेर हाहाकार मच्चाउने खालका नाकाबन्दीको कार्यक्रम कसैले पनि घोषणा र सञ्चालन गर्नुहुँदैन । दवाव सिर्जना गर्ने नाममा कुनै निश्चित क्षेत्र/भूभागमा नाकाबन्दीको घोषणा गरेर मानवलाई प्रताडित गर्नु मानवताविरुद्धको अपराध भएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

तराई/मधेशमा चलिरहेको आन्दोलनका सन्दर्भमा शान्ति समाजले आन्दोलन हिंसात्मक हुन नहुने र राज्यले दमन गर्न नहुने स्मरण गराउँदै संवादबाटै सहमतिमा पुग्न आग्रह गरेको छ । आन्दोलनका नाममा नाकावन्दीको नियतले प्रेरित भई गतिविधि हुनु मानवीय मूल्य माथिको प्रहार भएको बिज्ञप्तिमा उसको ठहर छ । पछिल्लो चरणमा नेपालको घनिष्ट छिमेकी भारतले गरेको नाकाबन्दीको शान्ति समाज निन्दा गर्दै मानवता विरुद्धको अपराध तत्काल अन्त्य गर्न आह्वान गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।