0 COMMENTS

काठमाडौं । गर्भावस्थामा मदिरा सेवन गर्नाले शिशुको मस्तिकमा असर पर्नसक्ने अमेरिकी स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
संयुक्त राज्य अमेरिकाका गर्भवती महिलामा गरिएको एक अनुसन्धानका क्रममा सो तथ्य भेटिएको अधिकारीहरुको भनाई छ । अनुसन्धानको क्रममा गर्भवती हरेक १० महिलामा एकले मदिरा सेवन गर्ने गरेको तथ्य पत्ता लागेको बताइएको छ । 

अनुसन्धानकर्ताहरुका अनुसार सामान्य अवस्थाका महिलाहरुको तुलनामा गर्भवती महिलाहरुले बढी मदिरा सेवन गर्ने गरेको पनि सो अनुसन्धानमा खुलेको छ ।गर्भावस्थामा मदिराको प्रयोगबाट बालकको शारीरिक विकासमा बाधा उत्पन्न गर्नेमात्र नभई उनीहरु अपाङ्ग समेत हुनसक्ने जनाइएको छ । त्यसैगरी यस्ता आमाहरुलाई अर्काे गर्भ रहने काममा पनि समस्या देखिने, गर्भ तुहिने एवम् समय नपुग्दै बच्चा जन्मिनेजस्ता समस्याहरु देखिने पनि अनुसन्धानकर्ताहरुले जनाएका छन् ।गत महिना गरिएको यस अनुसन्धानमा १८ देखि ४४ व्र्ष उमेरका गर्भवती महिलाहरुको सहभागिता रहेको बताइएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।