0 COMMENTS

कलैया, असोज १० । जर्बजस्ती बन्द र आगजानी गरेको आरोपमा भदौ २९ गते बाराको जितपुरबाट पक्राउ परेका तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलसहित दुई नेतालाई आइतबार जेल चलान गरिएको छ ।
धरौटी बापतको रकम जनही १ लाख ४९ हजार ३ सय ७५ रुपैयाँ नबुझाएपछि प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीको निर्णयमा उनीहरुलाई कारगार चलान गरिएको हो ।
बाराको लिपनीमाल–८ मा रहेको काबरा दाल उद्योगमा तोडफोड, आगजनी गरेको आरोपमा प्रहरीले तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनल र जिल्ला अध्यक्ष नबल किशोर सिंहलाई पक्राउ गरेको थियो ।
यसअघि म्याद थप गरी महामन्त्री सोनल र जिल्ला अध्यक्ष सिंहलाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको थियो । सोनल बारा क्षेत्र नम्बर ४ का अघिल्लो संविधानसभामा निर्वाचित सभासद हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।