0 COMMENTS

असोज १०, काठमाडौँ । मधेसी आन्दोलन मच्चीरहेको अवस्थामा एमाओवादीबाट राजीनामा दिएका नेता बाबुराम भट्टराईले नेपाल सद्‌भावना पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोलाई टेलिफोनमार्फत आफुलाई आन्दोलनमा मिसाउन अनुरोध गरेका छन् ।

बाबुराम भट्टराईले  महतोसंगको फोनवार्तामा आफूले मधेस मुक्तिकै लागि राजीनामा दिएको  भन्दै अान्दाेलनमा समावेस गराउन  अनुराेध  गरेका छन् । नेता महतोले संवादमा संविधान निर्माण पछि भट्टराईले दिएको राजीनामा मधेसका जनताले पत्याउन नसकेको बताए । भट्टराईले आफूले मधेसको समर्थनमा बोलेकै कारण तीन दलका नेताले आफूलाई संविधान विरोधी र भारत परास्तको आरोप लगाएको गुनासो समेत महतोलाई सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।