0 COMMENTS

राजु बस्नेत १० असाेज /घनश्याम चम्लागार्इकाे संयाेजकत्वमा शान्ती,नीकास,बिकाश र बीचार काे प्रमुख नारा लार्इ अबलम्वन गर्दै प्रवास तथा स्वदेश बाट सामाजिक न्याय र समानताको पक्षमा विभिन्न खालका लेख रचना हरू संम्पेसण गर्दै सामाजिक संजाल फेसबुक प्रयाेग कर्ताहरूलाइ नै समेटदै ४१००० एकचालिस हजार सदस्य बनी सकेका र कयाै सदस्य बन्ने क्रममा रहेकाे नेपालकाे इतीहासमानै सबै भन्दा ठुलाे सामाजीक संञ्जाल मार्फत संगठित नयाँ शक्ती नेपाल ले अाज २०७२ असाेज १० गते काठमाण्डाैकाे दशरथ रंगशालाकाे खेलकुद परिषद पत्रकार मञ्चकाे हलमा एक पत्रकार सम्मेलन गर्दै यहि मिती २०७२ मंसिर ३ गते देखी ५ गते सम्म सुदुर पश्चिमञ्चल गाेजुरियाे कराँते दाे- संघ, धनगढी,कैलाली काे अायाेजनामा हुनगई रहेकाे साताै खुल्ला अन्तराष्टिय कराँते IMG_0087प्रतीयाेगीताकाे मुख्य प्रायाेजन गर्ने भएकाे छ ।

प्रतीयाेगीताकाे मुख्य प्रायाेजक नयाँ शक्ती नेपालकाे तर्फ बाट नयाँ शक्तीकाे केन्दिय सह संयाेजक कमलराज श्रेष्ठ ले संम्झाैता पत्रमामा हस्ताक्षर गर्दै नयाँ शक्ती नेपाल राजनैतिक अस्थिरता ,बिकृती , विसंगति र बेरोजगारी समस्याहरु लाई सामधान गर्दै देशमा दिगो आर्थिक बिकाशको परिकल्पना साथै आफ्नै देशको भौगोलिक बनावट र परिवेश अनुसारको सामाजिक र जनहित मुलक दस्ताबेज तयार पार्दै नेपाल लाई एउटा सम्बृद्ध राष्ट्र बनाउने उदेश्य र लक्ष्यका साथ लागि परेकाे कुरा ब्यक्त गर्दै हाम्रा ४१ हजार भन्दा बढी सदस्यहरुको सदभाब , समर्थन र आर्थिक सहयोग बाट २०७२ मसिर ४ देखि ६ गते सम्म धनगढीमा हुने सातौ खुल्ला अन्तराष्ट्रिय कराँते प्रतियोगिता लाई प्रायोजन गर्न सफल भएको छ , जसबाट यो खेलमा भाग लिने नेपाली खेलाडीहरुले अन्तराष्ट्रिय क्षेत्रमा नेपालको पहिचान दिन सफल हुने छन् र सिंगो राष्ट्रका खेलाडीहरुको अझ खेल प्रतिको अभिरुचि र मनोबल बढ्ने छ भन्ने पूर्ण आशा र बिश्वास राखेके कुरा ब्यक्त गर्नु भयाे ।IMG_0106

नयाँ शक्ति नेपाल प्रतियोगिताको मुख्य प्रायोजक रहेको प्रतियोगितामा ३ सय नेपाली सहित ८ सय जना सहभागि हुने अपेक्षा गरिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, पाकिस्तान, अफगानीस्तान, बगलादेश र भुटानको सहभागिता निश्चित भइसकेको  आयोजक कमिटीका सचिव प्रकास चन्दले बताए ।

१८ लाख ५० हजार रुपैया लागत रहेको प्रतियोगिता सञ्चालनका लागि सुदुर पश्चिमाञ्चल गोजुरियो कराते डो संघका अध्यक्ष नारद मुनी रानाको संयोजकत्वमा मुल आयोजक कमिटी गठन गरिएको हो । प्रतियोगिताको उद्घाटन नयाँ शक्ति नेपालका केन्द्रिय संयोजक घनश्याम चौलागाइले गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।