0 COMMENTS

        

कावासोती, असोज नवलपरासीमा पशुपालन गर्ने किसानले आव ०७१÷७२ मा रु दुई अर्ब ५० करोडको पशु बिमा गराएका छन् पशुमा सबैभन्दा बढी गाईको बिमा गरिएको

 

गाई, बाख्रा भैँसीलगायतका पशु बिमा गरिएको पशु मर्दा किसानलाई आर्थिक रुपमा हुने ठूलो क्षति कम गर्न पुनः पशुपालनमा प्रेरित गर्ने उद्देश्यले सरकारले पशुबिमामा ७५ प्रतिशत अनुदान दिने गरेको पशुसेवा कार्यालय नवलपरासीका प्रमुख वरिष्ठ पशु विकास अधिकृत शङ्कर साहले बताउनुभयो

 

कुल पशु बिमामध्ये तीन हजार ५७५ गाईको रु एक अर्ब ६२ करोड पाँच लाख तथा एक हजार ३७५, भैँसीको रु करोड २५ लाख बिमा गरिएको जनाइएको त्यस्तै २७५ बाख्राको रु एक करोड २५ लाख १७५ एक सय बङ्गुरको रु ७५ लाख तथा ११० पाडाको रु ५० लाखको बिमा गरिएको थियो

 

पशुधनको बिमा गरेबापत सरकारले अनुदान दिन थालेपछि किसानको जोखिम कम हुने भएकाले पनि जिल्लाका पशु किसान पशु बिमातर्फ आकर्षित भएका छन्

 

आव ०७१÷७२ मा किसानले पशुधन मरेपछि बिमा गरिएका पशुको रु एक करोडभन्दा बढी क्षतिपूर्ति पनि पाएका छन् जिल्ला पशुसेवा कार्यालय नवलपरासीका अनुसार गत आवमा बिमा गरिएका ७५ गाई, २८ भैँसी, पाँच बाख्रा, तीन बङ्गुर चार पाडा मरेका थिए ती पशु मरे पनि किसानले रु एक करोड २० लाख २८ हजार ४०० क्षतिपूर्ति पाएका छन् वरिष्ठ पशु विकास अधिकृत साहले भन्नुभयो – “बिमाले किसानलाई पशुपालनमा आकर्षित गरेको ।”

 

पशु मरेपछि बिमाबापतको रकम पाएका अधिकांश किसानले पुनः सो रकम पशुपालनमा नै लगानी गर्ने गरेका छन्

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।