0 COMMENTS

असोज ९, काठमाडौं /सरकारले आइतबारदेखि सार्वजनिक सवारी साधनको सन्चालनमा जोर–बिजोर प्रणाली लागू गर्न निर्देशन दिएको छ ।मधेशको आन्दोलानसंगै नाकाबन्दी भएपछि बजारमा पेट्रोलियम पदार्थको अभाव हुँदै गएको छ ।

यससंगै सार्वजनिक यातायातलाई नियमित बनाउन गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो । आइतबारदेखि लागू हुने गरी देशभर सम्पूर्ण निजी तथा सार्वजनिक यातायातका साधनमा जोर–बिजोर प्रणाली लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिएका छन् ।

सरकारले अर्को निर्णय नगरुन्जेल जोर गते जोर नम्बरका सवारी र बिजोर गते बिजोर नम्बरका सवारी–साधन सन्चालन गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।