0 COMMENTS
कमलराज श्रेष्ठ

सामन्यतया २००७ सालभन्दा हामी नेपालिहरु आत्मनिर्भर थियौं भन्दा गलत नहोला।जब बिपीहरुले नेपालका शासक विरुद्ध भारत आशृत भएर क्रान्ति सुरु गरे त्यसबेलाबाट नै भारतिय गिद्धे दृष्टी नेपालमाथी पर्दै आएको पाइन्छ र भारतले नेपाली राजनितिज्ञहरुको अभिष्टहरु पूरा गर्दै क्रमिक र नजानिदो शैलिमा नेपालको अर्थतन्त्रलाई कम्जोर र परनिर्भर बनाउदै लग्यो यसको ज्वलन्त उदाहरणहरु नेपालका संस्थानहरु र विभिन्न सफल र स्थापित उद्योगहरु जस्तै भृकुटी कागज,  बास बारी छाला जुत्ता कार्खाना, हेटौडा सिमेन्ट, गोरखकाली टायर,जनकपुर चुरोट कारखाना,जुट मिल लगायत  सयौं उद्योगहरुलाई निजिकरण गर्दै या कुनै बहानामा धरासायी पार्ने कार्यहरु गर्दै आयो। जसले गर्दा नेपालमा बेरोजगार समस्याहरु बढ्दै गयो,परनिर्भर हुन बाध्य बनाइदै आयो।

देशमा उद्योग धन्दाहरु बन्द गराई पर्याप्त बेरोजगार समस्या उत्पन्न गराउन हाम्रा वर्तमान काँग्रेस, एमाले नेतृत्वहरुको प्रमुख बिकाऊ भुमिका रह्यो।जसले गर्दा भारतले नेपालमा प्रशस्तै बिकाऊ राष्ट्घाती नेताहरु जन्मायो जो आज जनतासामु पानीमाथी ओभानो हुने प्रयत्न गर्दैछन।अब भारतले नेपाली मन र भावनालाई तहस नहस पार्नु थियो जसले गर्दा आजको दृष्य सहजै प्राप्त होस,उसले यस्ता पात्रहरुको प्रतीक्षा गरिरहेकै समय प्रचण्ड, बाबुरामहरु सहजै हात लाग्यो र नेपाली मन र भावनालाई बिखण्डित बनाउने कुटिल चाल चालेको हुनुपर्छ।बिद्रोह जनयुद्धको नाममा हजारौं जनतालाई सहिद बनाउदै जात, धर्म, प्रदेसको नाममा नेपाली मन बिखण्डन गर्न प्रचण्ड, बाबुराम जि हरु पनि राम्रैसंगसफल हुनुभयो।

हुनसक्छ सायद उहाहरुले पनि आज यो दृष्यको पर्दा खुल्छ भन्ने कल्पना गरेका थिएनन होलान र त आज प्रचण्डजी खोक्रो राष्ट्रवादको भाषण गरेर जनतालाइ भ्रम पार्ने प्रयत्न गर्दै हुनुहुन्छ भने बाबुरामजी पुन:मधेसमा बलेको आगोमा घ्यू थप्न आतुर हुनुहुन्छ।अब त जनताले बुझ्नुपर्छ,चिन्नुपर्छ नेपालका नेतृत्वहरुलाई, छेपारोले रंग फेरे झैं कुरा फेर्नेहरुलाई! अब जनताले नै नेपाली मनलाई एकीकरण गर्न सक्ने जनताको नयाशक्ती तयार गर्नुपर्छ।अब पनि यो धर्म, यो जात,यो प्रदेस,यो दल या त्यो वाद भनेर अल्मलिनु हुन्न, समग्रमा नेपाली भावनाको एकता कायम गरि आत्मनिर्भर बन्ने स्वावलम्बि मार्ग खोज्नु जरुरी छ। भलै आजको नाकाबन्दी टर्न पनि सक्ला तर नेपाली आत्मनिर्भर नबनेसम्म भविष्यमा फेरि पनि ईतिहास दोहोरिनेछ।अब पनि जनताले पराईको ज्यु हजुरी गर्ने र देशलाई बन्धक बनाउनेहरुलाई रोजे भने, विश्वास गरे भने ६५बर्षको लामो सघर्ष पश्चात् प्राप्त लोकतन्त्र नै खतरामा पर्नेछ ।

जय नयाशक्ती नेपाल!

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।