असोज ९, काठमाडौं /आन्दोलनरत मधेस केन्द्रित दलले हिन्दुहरूकाे माहान चाड दसैं र तिहारमा समेत भारतबाट कुनैपनि दैनिक उपभोग्य बस्तु आयात गर्न नदिने चेतावनी दिएका छन् । साथै दसैैं र तिहार भन्दा तराई–मधेसका जनताका लागि आफ्नो अधिकार ठूलो भएको ले दसैं र तिहाकाे बहानामा सामान लिन आउनेलाई आगो लगाईने सदभावना पार्टीका अध्
यक्ष राजेन्द्र महतोले धम्की दिएका छन् ।
अाज शनिबारबाट महतोले मुख्य भन्सार नाका वीरगञ्जमा भइरहेको नाकाबन्दीको नेतृत्व आफूले लिँदै छन् । प्रमुख दलले माग सम्बोधन नगरेसम्म नाकामै बस्ने र नाकामै खाने बताए ।
नाकामा भारतीए हरूले नेपाल संग आफूहरुको रोटी बेटीको सम्वन्ध रहेकाे भन्दै आन्दोलनकारी हरूकाे समर्थन जनाउदै निशुल्क मेस राखी खानाको व्यवस्था मिलाएको छ ।
प्रतिक्रिया दिनुहोस्