0 COMMENTS

Indian-oil-cor-IOCअसोज ९, काठमाडौँ / नेपालले पेट्रोलियम पदार्थ बिक्रीको एकाधिकारप्राप्त भारतीय सरकारमातहतको इन्डियन आयल कर्पोरेसन (आइओसी) ले राजनीतिक तहमा समस्या समाधान गरेपछि मात्र नेपाललाई पेट्रोलियम आपूर्ति गर्ने जानकारी गराएको छ ।

भारतले नेपालतर्फ स्थिरता भएको कारण सामग्री आपूर्ति गर्न नसकेको भने पनि यथार्थमा नाकाबन्दी लगाइसकेको छ । ‘माथिबाटै कुरा गरेर आउनुहोला’ इन्डियन आयल कर्पोरेसनका पदाधिकारीलाई उद्धृत गर्दै नेपाल आयल निगमका एक उच्चपदस्थ अधिकारले भने ‘हामीलाई तेल दिएकै छैन ।’

हामीले हाम्रा खाली ट्यांकरसमेत पारिबाट नेपालमा सुरक्षित ढंगले ल्याउन पाएका छैनां ।’ निगमस्रोतले भन्यो, ‘हाम्रा ड्राइभरहरुको जीवनकै असुरक्षा भइरहेको छ । भारतीय प्रहरीले उनीहरुमाथि कुटपिट गरेका छन् । ’

भारत सरकारकै कम्पनी इन्डियन आयल कर्पोरेसनले राजनीतिक तहमा समस्या समाधान गरेर मात्र तेल दिन सकिने भनेपछि तेल आपूर्ति पूर्णतः ठप्प भएको छ । भारतलाई नेपालकै कारण रोक लगाएको हो भन्न सजिलो हुने गरी मधेसी मोर्चाका कार्यकर्ता बसेका छन् ।

नेपालले आइओसीबाहेक अर्को कम्पनीबाट तेल किन्न नपाउने गरी सम्झौता भएको तीन वर्ष भइसकेको छ । अझ पछिल्लोपटक तेल पाइपलाइनसम्बन्धी सम्झौताअनुसार आगामी २० वर्षसम्म नेपालले तेस्रोपक्षबाट नेपालले तेल किन्न पाउँदैन ।–नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।