काठमाडौँ, ८ असोज / नेपालमा आन्दोलन चर्कीरहेको कारण देखाउँदै भारतीय आयल कर्परेसनले नेपाललाई तेल दिन राेकेकाे छ ।
यसअघि जसरी नेपाली ट्यांकरमा बिक्री गर्ने पेट्रोलियम पदार्थ लोड गरिन्थ्यो त्यो तरिका थाहा नै नभए जसरी प्राविधिक कारण भन्दै भारतले नेपाली ट्याकंरलाई तेल भर्न रोकेर छ ।
नेपाली ट्यांकरलाई भारतबाट तेल ल्याइने आईओसीका रक्सौल, सिलगुढी, बैतालपुर लगायतका डिपोले नेपाली ट्यांकरलाई तेलदिन रोक लगाएका हुन् ।हिजाे सम्म नेपालमा तेल आपुर्ती भय को जनाएको नेपाल आयल निगमले शुक्रबार कुनै प्रतिक्रिया जनाएको छैन । स्रोतका अनुसार आईओसी का केही डिपोले अनौपचारिकरुपमा भारतको स्थानीय प्रशासनको निर्देशनमा तेल भर्न रोकिएको जनायाे ।
प्रतिक्रिया दिनुहोस्