0 COMMENTS

८ असाेज/ भारतीय विदेशमन्त्रालयले सीमानाकामा अवरोध आएको स्वीकार्दै त्यसलाई नेपालकै कारणले भएको दाबी गरेको छ ।
गृहमन्त्री वामदेव गौतमले कुनै अवरोध नै नभएका सीमानाकामा पनि भारतीय पक्षले सवारी साधन र मालसामान रोकेको भन्ने अभिव्यक्ति दिएको भोलिपल्ट भारतको विदेशमन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “नेपाल–भारतका विभिन्न नाकामा अवरोध भएको भन्ने हामीलाई थाहा भएको छ, नेपालकै केही भागमा नेपालीद्वारा भइरहेका विरोध प्रदर्शनले गर्दा त्यसो भएको हो ।”
यसअघि परारष्ट्रमन्त्रालयले भारतले गरेको नाकाबन्दी बारे बुझ्न राजदूत रणजीत रायलाई आजै मन्त्रालयमा बोलाएको छ ।

वक्तव्यमा भारतीय निर्यातकर्ता र ढुवानीकर्ताहरुले नेपालमा भइरहेको आन्दोलन र अस्थिरताले गर्दा उत्पन्न सुरक्षा त्रासबारे गुनासो गरेकोेबारे यसअघि नै नेपाल सरकारलाई औपचारिक जानकारी गराइसकेको पनि उल्लेख छ ।
भारतले नेपालको अहिलेको समस्या राजनीतिक भएको र नेपाली नेतृत्वले प्रभावकारी ढंगबाट समस्याको मूल कारण पत्ता लगाई त्यसको सम्बोधन गर्नुपर्ने सुझाव दिएको छ ।
“हामी विवादको सर्वस्वीकार्य र संस्थागत रुपमा समाधान होस भन्ने चाहन्छौं,” वक्तव्यमा भनिएकोे छ ।
संविधानसभाले नेपालको संविधान–२०७२ पारित गरेसँगै असन्तुष्ट भएको भारतले विभिन्न सीमा क्षेत्रमा अघोषित रुपमा नाकाबन्दी गर्दै आएको छ ।
मुख्य र चल्तीका बाहेकका साना नाकाहरुमा पनि ‘माथिको आदेश’ भन्दै एसएसबीले सवारी साधन र मालसामानको आवागमनमा रोक लगाएका खबरहरु आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।