0 COMMENTS

काठमाडौं, ८ असोज /संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाकाका नेता तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दशै अायाे भन्दैमा अान्दाेलन नराेकीने र मधेस आन्दोलन जारीनै रहने बताउनुभएको छ ।

यो दसैँफेरि फेरी आउँछ ।अर्को पटक मनाउँदा हुँन्छ । दसैँका नाममा मधेसको आन्दोलन फिर्ता हुँदै हुन्न  नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग आज (शुक्रबार) बिहान कुरागर्दै उहाँले भन्नुभयो, ‘नाकाबन्दीलाई अझै कडाइ गर्ने छौँ । उहाँले नाकाबन्दीले केही समस्या भए पनि अधिकारको लडाइँ भएकाले यसलाई सहन गर्नुपर्ने बताउनुभयो ।

मधेसका जनताले नाकाबन्दी गरेको दाबी गर्नुभएका अध्यक्ष यादवले आफ्ना अधिकारका लागि नाकाबन्दीलाई जीवनमरणसँग लिएको बताउनुभयो । ‘यो देश हाम्रो हो तर राज्य होइन’, यादवले भन्नुभयो, ‘सरकारको दमनविरुद्ध हामी नाकाबन्दीको कडा आन्दोलनमा गएका हौँ ।’नेपाल–भारत सीमानाकामा भारतको अघोषित नाकाबन्दी आफूहरूकै आग्रहमा भारतले गरेको अध्यक्ष यादवको संकेत थियो ।

‘यो बहिरो, अन्धो, लाचार सरकारविरुद्ध हाम्रो असहयोग आन्दोलन हो’, अध्यक्ष यादवले भन्नुभयो, ‘भारतमा पनि गान्धीले यस्तै असहयोग आन्दोलन गर्नुभएको थियो ।’ उहाँले राज्य नेपाली सेना परिचालन गरेर हत्या र दमनमा उत्रिएकाले बाध्य भएर कडा आन्दोलनमा उत्रिनु परेको बताउनुभयो ।

हामीले कैत सीमानाकामा अबरोध गरेका छैनौँ : शुक्ला

उता, तराई मधेस लोकतान्त्रिक पार्टीका महासचिव शर्वेन्द्रनाथ शुक्लाले भने मधेसी मोर्चाले सीमानामा नाकाबन्दी नगरेको बताउनुभएको छ ।आफ्नो अन्तर्वार्ताका क्रममा महासचिव शुक्लाले आफूहरूकै कारण सीमानाबाट ट्रकलाई अबरोध भएको आरोपको खण्डन गर्नुभयो ।

‘हाम्रै कारण माल बोकेका ट्रकलाई अबरोध भएको छैन्’, उहाँले भन्नुभयो, ‘नाकाबन्दी गर्ने हाम्रो आन्दोलन सांकेतिक मात्रै हो । सांकेतिक आन्दोलनबाट डराएर सरकारले आफ्ना नागरिकलाई सेवा सुविधा दिनसक्दैने हाम्रो भन्नु केही छैन ।’

‘भारतबाट आउने मालबाहक ट्रक वा ट्याङकरलाई कतै नाकाबन्दी वा अबरोध गरेका छैनौँ’, तमलोपाका महासचिव शुक्लाले भन्नुभयो, ‘भारतबाट छुटेर आएको ट्रकलाई कतै रोकिएको छैन ।’

मधेसी मोर्चाको घोषित नाकाबन्दी र भारतको अघोषित नाकाबन्दीका कराण नेपालमा पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ । राजधानीमा पेट्रोलियम पदार्थका चरम अभाव हुँदा सर्वसाधारण समस्यामा परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।